मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

रुसले कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल तीन सय अमेरिकी डलरसम्म पुर्याउने

महमूद आलम खान 1132+ समाचार ( )
रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य बढ्दोक्रममा छ
२४ फाल्गुन २०७८, मङ्गलबार

एजेन्सी । रुसले कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल तीन सय अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर, सुन र पेट्रोलियम पदार्थको मूल्य बढ्दोक्रममा छ । रुसमाथि पश्चिमा देशहरूले विभिन्न प्रतिबन्ध लगाउन थालेका छन् । पश्चिमाहरूले प्रतिबन्ध लगाइरहने हो भने कडा कदम चाल्न बाध्य हुने चेतावनी दिँदै रुसले कच्चा तेलको मूल्य प्रतिब्यारेल तीन सय डलर पुग्ने बताएको हो । हाल कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय ३९ अमेरिकी डलर पुगेको छ ।

यसैबीच, युद्ध सुरु भएयता ज्यान जोगाउन युक्रेन छोड्ने शरणार्थीको संख्या २० लाख नाघिसकेको संयुक्त राष्ट्र संघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त संख्यामध्ये पोल्यान्डमा मात्रै १२ लाख शरणार्थी पुगेका छन् । रुसले आक्रमण जारी राखेको क्षेत्रमा निश्चित समय युद्धविराम गरेर सर्वसाधारणलाई बाहिर जान सुरक्षित मार्ग दिन थालेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार