मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेमा ९ औँ योग दिवस भव्यताका साथ मनाइयो

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१ माघ २०८०, सोमबार

बाँके । योग समिति नेपालले नेपालगञ्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि ९ औँ योग दिवस मनाइएको छ ।

नेपालगन्जका मेयर प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको बिशेष उपस्थितीमा योग समिति नेपालले योग दिवस मनाएको योग गुरु गिरिराज भट्टराईले बताए । 

नेपालगञ्जका मेयर बिष्टले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको बताए। सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अतिआवश्यक रहेको बिष्टको भनाई थियो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए । उहाँले नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रिय स्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न योग समिति नेपाललाई आग्रह गरेका थिए । 

शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ ।

कार्यक्रममा सहभागीहरूलाई योग गुरु भट्टराईले योगको प्रशिक्षण दिनुका साथै यसको महत्त्व बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल,नरैनापुरका प्रेस बिज्ञ एवं मानव अधिकारकर्मी आलम खान, पत्रकार रुद्र सुवेदी, अधिवक्ता निश्चित तिवारी लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको सन्चालन झबि शर्माले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार