बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सञ्चार जगतबाट आफूले सकारात्मक सहयोगको आशा र अपेक्षा गरेको बताएका छन् ।
भरखरै मात्र सुरुवा भएर बाँके जिल्ला प्रशासनको नेतृत्व लिएका प्रजिअ पोख्रेलले स्थानीय प्रशासनलाई सफल पार्न सञ्चार जगतको ठूलो भूमिका हुने भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
इलाम जिल्लाबाट सरुवा भएर बाँके आउनु भएका पोख्रेलले सञ्चारकर्मीहरुले सहयोग र समन्वय गरेको खण्डमा जिल्लामा हुने जुनसुकै कामलाई पनि सहज ढङ्गले सफल पार्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रजिअ पोख्रेलले राज्यले तय गरेका नीतिहरुको पालना गर्ने र गराउने विषयमा आफुले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका छन् । उनले राज्यका नीति र ऐन कानुन मिच्ने वा पालना नगर्ने व्यक्ति र समूह सधै निगरानीमा रहने उल्लेख गर्दै नीत र ऐनको पालना नगर्नेहरु कै कारण जिल्लामा शान्ति सुरक्षामा समस्याहरु आउने गरेको बुझाइ रहेको बताए । उनले भने–‘मलाई कसैबाट पनि राज्यका नीतिनियम विपरीत गलत रुपमा प्रयोग गर्ने प्रयास नहोस् र म पनि इमान बेचेर कुनै काम गर्ने छैन् ।’
पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले संघ, प्रदेश र स्थानीय सरकारहरुविच समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले तीनवटै तहका सरकारहरुविचका समस्याबारे जानकार रहेकाले ति समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने उल्लेख गरे ।
यसैगरी बाँकेमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरिक्षक सुभाष चन्द्र बोहराले भने ‘बाँकेका जनतालाई शान्ति सुरक्षाको अनुभुती गराएरै छाड्छु,’ प्रहरी उपरीक्षक बोहाराले भने, राजनितिक दवाव र अन्य कुनैपनि कुराको प्रभावमा नपरी कानुन बमोजीम पीडितलाई न्याय र पीडकलाई कारवाही गराएरै छाड्छु ।’ कानुन विपरित र जनचाहाना विपरित काम गर्ने जो कोहि भए पनि प्रहरीले कानुनी कार्वाहि गरिने बताए । उनले भने सामाजिक सञ्जालमा जातिय द्वन्द्व निम्त्याउने गरी स्टाटस लेख्नुहरुलाई कानुनी कारवाही गरेरै छाड्ने दाबी गरे ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खान, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिब गजेन्द्र गुरुङ, प्रेस युनियनका निर्वतमान अध्यक्ष अर्जुन ओली, चौतारी चौतारी बाँकेका सचिव कमल डाँगी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, अनुसन्धान बिभागका उपनिर्देशक मोहन लगायतको उपस्थिती रहेको थियो ।
यस्तै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पोख्रेल र प्रहरी उपरीक्षक बोहरालाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खादा लगाएर स्वागत एवं बधाई दिदै नरैनापुर गृह प्रशासन संग समन्वय गरि काम गर्न तयार रहेको बताएका थिए ।