मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नागरिकता विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम गरिदियो - नेता योगेश

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको उहाँले तर्क गर्नु भयो ।
७ अशोज २०७९, शुक्रबार

बाँके । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले नागरिकता विधेयकले मुलुकलाई विभाजित गर्ने काम गरेको बताउनुभयो । प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले ‘नागरिकता विधेयकका विषयमा फरक–फरक तर्क आइरहेका छन्, यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम गरिदियो, ।'

राष्ट्रपति पद संविधान भन्दापनि माथी हुने तर्क गर्दै एमाले सचिव समेत रहनुभएका नेता भट्टराईले राष्ट्रपतिबाट राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने काम भएको दाबी गर्नु भयो । ‘नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गर्नुभयो, विगतमा पनि प्रधानसेनापति प्रकरणमा यसरी नै तत्कालिन राष्ट्रपतिले नेपाली सेनाको अस्तित्व जोगाउने काम गर्नु भएको थियो,’ उहाँले ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो । ’  

सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले आगामी मंसिरमा निर्वाचित भएर आउने नयाँ प्रतिनिधी सभाले नागरिकता विधेयकलाई नयाँ ढंगले अगाडी बढाउने बताउनुभयो । ‘त्यो बाहेक अर्को विकल्प नै छैन, अदालतले आफ्नो नजिर स्थापित गरिसकेको छ, अदालत यो विषयमा बोल्न सक्दैन,’ उहाँको भनाई थियो ।  

संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको भट्टराईको भनाई थियो । सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको उहाँले तर्क गर्नु भयो । ‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ?’ म अहिले प्रतिनिधी सभाको सदस्य होइन, अनि उहाँ चाही कसरी सभामुख हुन सक्नुहुन्छ?’ उहाँको प्रश्न थियो ।

२०४७ सालको संविधानमा सभामुखको पद रहने ब्यवस्था भएपनि २०७२ को संविधानमा त्यो ब्यवस्था हटिसकेको एमालेका सचिव भट्टराईले जिकिर गर्नु भयो । ‘२०४७ सालको संविधानमा समानुपातिकको ब्यवस्था थिएन, असोज २ गते प्रतिनिधी सभाको नोमिनेसन भइसक्यो, को–को उम्मेदवार भन्ने कुरा तपाईहरुले लेखिसक्नु भयो,’ उहाँले भन्नुभयो ‘उम्मेदवारको नाम फाइनल भएर सार्वजनिक भइसक्यो, अनि कसरी सभामुख पदमा बस्नु हुन्छ ? यो लज्जाको विषय हो। ’  

सभामुख सापकोटाले आफै संविधान मिच्ने काम गरिरहेको पुर्वमन्त्री समेत रहेका भट्टराईको आरोप छ। पदमा नरहेको ब्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार नरहेको बताउनुभयो । आसन्न निर्वाचनका लागि एमालेले अधिकांस निर्वाचन क्षेत्रबाट सर्बसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको दाबी गर्दै उम्मेदवार सिफारिस गर्ने क्रममा एमालेभित्र विवाद नरहेको जिकिर गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार