मुख्य समाचार
नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह | बालबालिकाको सर्वाङ्गीण विकासका लागि जानकीमा शिक्षक क्षमता अभिवृद्धि तालिम | योग समितिमा पुनः डा भट्टराई निर्वाचित | अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान | “स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा |

बागी उम्मेदवार सम्बन्धीत पार्टीले फिर्ता गर्ने गठबन्धनको निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरे सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय दोहोर्याएको हो ।
१४ वैशाख २०७९, बुधवार

काठमाडौं । सत्ता गठबन्धनबाहेक तालमेल चुनावी गरे सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरे सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय दोहोर्याएको हो ।

यसअघि पनि गठबन्धनमा आवद्ध दलबाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए । तर, एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् । तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको छ ।

गठबन्धन बैठकले गरेका ७ निर्णय–

१. ६ महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने ।

२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक कार्य गर्ने ।

३. ६ महानगर र ११ उप–महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने ।

४. नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने ।

५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने ।

६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने ।

७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार