मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


धनगढीमा माओवादी परामर्श समिति बैठक बस्दै

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा दलसम्बन्धी विवादले प्रवेश पाउने भएको छ । बुधबार र बिहीबार सञ्चालन हुने परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू सुदूरपश्चिमको राजधानी धनगढी पुग्दैछन् ।

साउन ३१ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य खगराज भट्टले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले परामर्श बैठकमै समस्याको हल गर्ने आश्वासन दिएका थिए । 

आजको बैठकमा यस विषय उठ्न सक्ने भए पनि यस विषयमा अहिले केही बोल्न नमिल्ने इन्चार्ज गिरिराजमणि पोखरेलले बताए । ‘परामर्श बैठकमा सबैको कुरा सुन्ने हो । केन्द्रीय समितिको दस्ताबेज तयार गर्न परामर्श बैठक राखिएको हो । इस्युवाइज रूपमा हामी छैनौँ । दलसम्बन्धी विवादको विषयमा अहिले मैले केही बोल्न मिल्दैन’, पोखरेलले भने ।

संसदीय दलको नेताले केन्द्रको निर्देशनसमेत कार्यान्वयन नभएकोमा भट्टले स्थायी समिति बैठकमा प्रश्न उठाएका थिए । यस विषयमा परामर्श बैठकमा पनि उठाउने उनले बताए ।

‘दलसम्बन्धी विवाद हल गर्न अध्यक्षले के गर्नुहुन्छ थाहा छैन । यस विषयमा कुरा उठ्छ । स्थायी समितिमा राखिसकेको थिएँ । यहाँ(परामर्श) बैठकमा पनि कुरा राख्छु’, भट्टले भने ।

यता प्रदेशका अध्यक्ष हरिराम चौधरीले परामर्श बैठक सकिएपछि दलसम्बन्धी विवाद सम्बोधन हुन सक्ने बताए । दलसम्बन्धी विवादमा अल्झिनुपर्ने कारण नै नभएको उनको भनाइ छ ।

‘यसमा अल्झिनुपर्ने केही कारण छैन । पहिला सहमतिका आधारमा दलका नेता खगराजजी दलका नेता हुनुहुन्थ्यो । त्यसपछि संसदीय दलको बहुमतद्वारा उहाँलाई हटाइयो’, चौधरीले भने, ‘पछि फेरि बहुमत र अल्पमतमा नगरौँ भनेर अध्यक्षले भनिसकेपछि अहिलेका नेता मानबहादुर धामीजीले म बहुमतबाट नेता भएको हुँ, बहुमतको समर्थन मलाई छ भनिरहनुभएको छ । दलको नेताका रूपमा उहाँको तर्क पनि ठिकै छ । यी कुरा पार्टीको आन्तरिक विषय हुन् । अब अध्यक्षले मिलाउनुहुन्छ ।’

गत वर्ष माघ १२ गते प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामी संसदीय दलको नेता बनेपछि विवाद केन्द्रमा आइपुगेको थियो । दलभित्रको विवाद झागिँदै गएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असार १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए । उनको  निर्देशन लागु नभएपछि पार्टीले सर्कुलर नै जारी गरेको थियो । तर अहिलेसम्म पार्टीको निर्देशन कार्यान्वयन हुन सकेको छैन । यस विषयमा दलका नेता धामीले आफूलाई बहुमतद्वारा हटाउन भट्टलाई चुनौती दिएका छन् । विवाद समाधानका लागि पटक पटक सम्पर्क गर्दासमेत भट्टले बेवास्ता गरेको धामीले आरोप लगाएका छन् ।

भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा त्यतिबेला धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । बैठक उडान प्रभावित नभए बिहान ११ बजे सुरु हुने इन्चार्ज पोखरेलले जानकारी दिए । केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सबै प्रदेश, केन्द्रीय निकाय, जसस/मोर्चामा कार्यरत रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक बस्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो । यसअघि माओवादीले बागमती, उपत्यका विशेष, प्रदेश समन्वय र गण्डकी प्रदेशमा परामर्श बैठक राखिसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार