मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

डुडुवा गाउँपालिकामा खाता सञ्चालन अवरुद्ध, पालिकाको ताला नखोलिए आन्दोलन गर्ने

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
८ अशोज २०८२, बुधवार

बाँके । बाँकेको ८ पालिकामध्ये डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी भइसके पनि अझैसम्म बैंक खाता सञ्चालनमा ल्याउन सकेको छैन । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा पालिकाको खाता अवरुद्ध भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार बाँकेका सात वटा पालिकाले बैंक खाता सञ्चालनमा ल्याइसकेका छन् भने डुडुवा गाउँपालिकाले मात्र अझै प्रक्रिया पूरा गर्न नसकेर पछि परेको छ । खाता सञ्चालन नहुँदा कर्मचारीको तलबभत्ता वितरणदेखि विकास–निर्माणका गतिविधि समेत ठप्प बनेका छन् ।

स्थानीय तहले चालु आवको रकम खातामा माग गर्नुअघि गाउँसभाबाट नीति कार्यक्रम र बजेट पारित गरी पेश गर्नुपर्ने, प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने लगायत कानुनी प्रक्रिया पूरा नगरेसम्म खाता सञ्चालन गर्न नपाइने व्यवस्था छ । यसै कारण डुडुवाको खाता अवरुद्ध भएको नियन्त्रक कार्यालयले जनाएको छ ।

यसबीच, जेनजी आन्दोलनको क्रममा भाद्र २५ गते राति स्कुटीमा आएका व्यक्तिले कार्यालयमा आगजनी गरेपछि विवाद झन् चर्किएको छ । स्थानीयले कर्मचारी संलग्नताको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । त्यही क्रममा गाउँपालिका अध्यक्षको कोठामा ताला लगाइएको छ । उनीहरुले आगजनी गर्न आएकाहरुले प्रयोग गरेको स्कुटी नम्बर सार्वजनिक भइसके पनि हल सम्म नियन्त्रणमा लिनु चिन्ताको बिषय भएको बताएका छन् । 

युवाहरुले कार्यालयभित्र लाखौं मुल्य बराबरको मदिरा र अवैध क्रियाकलापमा प्रयोग हुने सामग्री फेला परेको दाबी गर्दै स्वतन्त्र छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । तर, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले पालिकालाई अनावश्यक रुपमा बदनाम गरिएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, “प्रहरी, सेनाको उपस्थितिमा कानून विपरीत पालिकामा पसेर खानतलासी गर्ने अनि ताला लगाउने अधिकार कसलाई छ? यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडा आन्दोलन गर्नेछ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार