नरैनापुर । बाँके स्थित नरैनापुरमा दलित निगरानी केन्द्रको नवनिर्मित भवनको आज उदघाटन गरिने भएको छ ।
गाउँपालिकाले १८ लाख ४२ हजार ६ सय ४८ रुपैयाँको लागतमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच आज उद्घाटन गर्न लागिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।
द्वारा बनाउन लागेको भवनको शनिबार आयोजित कार्यक्रम का बीच अध्यक्ष इश्तियाक अहमद शाहले शिलान्यास गर्नुभयो ।
गाउँपालिका अध्यक्ष शाहले दलितको विकास र उत्थानका लागि गाउँपालिका सदैव तत्पर रहदै आएको बताउँदै भबिष्यमा पनि दलित समुदायको सवालमा काम गर्ने बताउनु भयो ।