मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

नेपाल–भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
१७ माघ २०८०, बुधवार

नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर–१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

सो अवसरमा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मरणराम खरालले हजारौँ योजनामध्ये नरैनापुरको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नुलाई फहराउन सफल हुनु नरैनापुरबासीका लागि गौरवको विषय भएको बताउदै आउने वर्षको बजेटमा सिमामा गेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्ररण कुमार पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो“कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता राजधानीमा मात्र खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।”

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरा, अनुसन्धान विभागका एसपी मोहन कुवर, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ अजय मिश्रा, ४ का मनोज शर्मा, नरैनापुरका प्रेस विज्ञ आलम खान, पत्रकार विनय दिक्षित, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार