मुख्य समाचार
राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै |

माओवादी केन्द्रको सम्मेलनमा पदाधिकारी खोज्दै मधेसी नेता

महमूद आलम खान 1132+ समाचार ( )
मुस्लिमहरु माओवादी केन्द्रको केन्द्रीय समितिमा नपर्ने सम्भावना बढ्यो
१० पौष २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले मधेसका नेताहरु पदाधिकारी अटाउन लबिङमा जुटेका छन् । भने मुस्लिमहरु केन्द्रीय समिति पर्ने सम्भावना नरहेको एक नेताले बताए ।

माओवादी केन्द्रमा अहिलेसम्म कोही पनि मधेसी नेता पदाधिकारी भएका छैनन् । तर यो सम्मेलनबाट केही मधेसी नेता पदाधिकारीमा आउँने सम्भावना देखिन्छ ।

माओवादी स्रोतका अनुसार स्थायी समिति सदस्यद्धय गणेश साह र मातृका यादव पदाधिकारीमा हुने निश्चित जस्तै छ । साह र यादवबाहेक विश्वनाथ साह, महेन्द्र पासवान, रामेश्वर राय यादवसमेत पदाधिकारीका लागि दौडधुपमा लागेका छन् । 

प्रदेश २ बाट गिरिराजमणी पोखरेल सचिवसम्म भएका पनि मधेसी नेता अहिलेसम्म कोही पनि पदाधिकारी हुन सकेका छैनन् । माओवादी केन्द्रका लागि मधेस एक महत्वपूर्ण शक्तिकेन्द्रको रुपमा रहँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७० को आम निर्वाचनमा मधेसको सिरहाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रचण्डले मधेससँग प्रेम भएको भन्दै आएका छन् । माओवादी स्रोतले भन्छ, ‘अध्यक्ष कमरेड प्रचण्ड आफैले मधेसी नेताहरुलाई पदाधिकारीमा जसरी भए पनि ल्याउँन चाहेका छन् ।’

साह र यादवले उपाध्यक्ष दावीसहित लबिङ गरिरहेका छन् । उता विश्वनाथ साह, महेन्द्र पासवान, रामेश्वर राय यादवले समेत सचिवको दावी गर्दै आएका छन् । उपाध्यक्षका साथै सचिवमा मधेसी नेता आउँने सम्भावना बढी रहेको स्रोतको दावी छ ।

माओवादी केन्द्रमा रहेका मधेसका प्रभावशाली नेता प्रभु साह एमालेमा प्रवेश गरिसकेका छन् । साह अहिले एमालेको स्थायी कमिटी सदस्य छन् । विगतमा साह र यादवबीच प्रतिस्पर्धा हुने गरेको थियो ।

प्रदेश २ को प्रदेशसभामा आठ जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रतिनिधिसभामा त्यहाँबाट मातृका यादव, सुरेशचन्द्र दास यादव, रामेश्वर राय यादव, बोधमाया यादव, इन्दु शर्मा, गिरिराजमणि पोखरेल र दिलकुमारी साह गरी सात जनाले प्रतिनिधित्व गरिरहेका छन् ।

प्रदेश २ बाट एक सय २६ जना केन्द्रीय प्रतिनिधि रहने भए पनि त्यहाँ प्रदेश अधिवेशन नै हुन सकेको छैन । राष्ट्रिय सम्मेलनपछि प्रदेश २ को नेतृत्व अध्यक्ष प्रचण्डको रोहबरमा हुने तयारी छ ।

माओवादी केन्द्रले पुस ११ देखी १३ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको माओवादीले जानकारी दिएको छ । १६ सय ८ जना प्रतिनिधि सम्मेलनमा सहभागी हँुदैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार