मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

बेचन झाविरुद्धकाे मुद्दामा आज थुनछेक बहस

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धकाे मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । झाले बधुबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको थियो । बेचनले त्यसबारे पनि थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार