मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

सांसद खानद्धारा बर्दियाका विपन्न तथा दलित परिवारलाई झुल वितरण

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

बर्दिया । लामखुट्टेले तुलापुरमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।

। चरम गरिबीमा रहेका गुलरीया नगरिपालिका–४ का दलित तथा विपन्न समूदायले आईतबार एकाएक हर्षित बने । कारण थियो बर्दिया क्षेत्र नं. १ सांसद एंव जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले उहाँहरुलाई निःशुल्क प्रदान गरेको झुल । “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर १ दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै एक जना विपन्न समूदायका व्यक्रिले सुनाए । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उनले भने ।

झुल प्राप्त गरेपछि स्थानीयहरु हर्ष प्रकट गर्दै भने“हामी गरिबका लागि पनि सांसद रहेछन । माननीय अब्दुल खाल’लाई धेरै धन्यवाद ।” वर्षा संगै गर्मीयाम भएसँगै लामखुट्टेबाट जोगाउन यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई एक कार्यक्रमका विच सांसद खानले झुल वितरण गरेका थिए । 

सांसद खानका निजि सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले भन्नुभयो, सांसद खानको व्यक्तिगत सहयोगमा २ सय परिवारलाई झुल वितरण गर्नुका साथै प्रमाण पत्र दिएर सम्मान गरिएको थियो । 

विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू सधै लागि रहने सांसद खानले बताए । “गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन आफनो व्यक्तिगत तर्फबाट झुल वितरण गरेको हो”, उनले भने, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”

सांसद खानले आफूले निर्वाचनमा गरेका बाचा पुरा गरेर देखाउने बताउदै उनले भने आफनो निर्वाचन क्षेत्रका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ता र जनसमूदायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार