मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सांसद खानद्धारा बर्दियाका विपन्न तथा दलित परिवारलाई झुल वितरण

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

बर्दिया । लामखुट्टेले तुलापुरमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।

। चरम गरिबीमा रहेका गुलरीया नगरिपालिका–४ का दलित तथा विपन्न समूदायले आईतबार एकाएक हर्षित बने । कारण थियो बर्दिया क्षेत्र नं. १ सांसद एंव जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले उहाँहरुलाई निःशुल्क प्रदान गरेको झुल । “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर १ दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै एक जना विपन्न समूदायका व्यक्रिले सुनाए । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उनले भने ।

झुल प्राप्त गरेपछि स्थानीयहरु हर्ष प्रकट गर्दै भने“हामी गरिबका लागि पनि सांसद रहेछन । माननीय अब्दुल खाल’लाई धेरै धन्यवाद ।” वर्षा संगै गर्मीयाम भएसँगै लामखुट्टेबाट जोगाउन यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई एक कार्यक्रमका विच सांसद खानले झुल वितरण गरेका थिए । 

सांसद खानका निजि सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले भन्नुभयो, सांसद खानको व्यक्तिगत सहयोगमा २ सय परिवारलाई झुल वितरण गर्नुका साथै प्रमाण पत्र दिएर सम्मान गरिएको थियो । 

विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू सधै लागि रहने सांसद खानले बताए । “गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन आफनो व्यक्तिगत तर्फबाट झुल वितरण गरेको हो”, उनले भने, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”

सांसद खानले आफूले निर्वाचनमा गरेका बाचा पुरा गरेर देखाउने बताउदै उनले भने आफनो निर्वाचन क्षेत्रका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ता र जनसमूदायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार