मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

बाँके । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्र्तगत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो । 

गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आइतबारदेखि भत्ता वितरण शुरु गरिएको छ । वार्ड नं. २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दे शुभारम्भ गर्नुभयो । 

नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङलगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर)मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । तर अझै पनि एउटा बैंकले वार्ड नं. ५ र ६ मा गएर रकम बाड्न नसक्ने बताएकाले समस्या भएको गाँउपालिका अध्यक्ष चौधरीले बताउनु भयो । 

पालिकाको वार्ड नं. १ र २ का ज्येष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, वार्ड नंं. ३ र ४ को कुमारी बैंक र वार्ड नं. ५ र ६ को ज्योति विकास बैंकमा खाता खोलिएको छ । दुई वटा बैंकले गाउँमै पुगेर सार्वजनिक स्थान तथा कार्यालयबाट भत्ता वितरण गरिरहेका छन भने एक वटा बैंकले कर्मचारीको अभाव भन्दै बैंकमै लिन आउन भनेको गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो । 

गाउँपालिकामा दोस्रो र तेस्रो त्रेमासिकका लागि चार हजार चार सय २३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । 

वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ । 

पालिकाको वडा नं. २ मा वितरणको कार्य सकिएको छ  भने अहिले वडा नं. १ होलियामा भत्ता विरतण भईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार