मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

३ करोडको लागतमा नरैनापुरमा बिधालय बनाउने अध्यक्ष शाहको निर्णय

महमूद आलम खान 1132+ समाचार ( )
गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराएका छन् ।
९ जेठ २०७९, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरिसकेका छन् । 

गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी शाहले ५ निर्णयमा हस्ताक्षर गरेका छन् । 

नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट फल्ड लाइट जडान गर्ने निर्णय गरेका छन् । 

नरैनापुर १ महतानियामा ३ करोडको लागतमा माध्यमिक विद्यालय निर्माण गर्ने, गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट हरेक बर्ष एस.ई.ई. मा सबै भन्दा उत्कृष्ट GPA ल्याउने एक बिधार्थीलाई ल्यापटप दिने, जय किसान माविलाई क्याम्पस बनाउने, हरेक माध्यमिक विद्यालयलाई एक/एक वटा बस प्रदान गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

‘पदभार ग्रहणका क्रममा केही निर्णय गरियो, आगामी आर्थिक वर्षदेखि कार्यान्वय हुन्छ,’ अध्यक्ष शाहले भने, ‘भएका निर्णय कार्यान्वयन गर्न सकेमात्रै जनताको पक्षमा धेरै हुने छ भन्ने अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार