मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

डुडुवा गाउँपालिकाका जनता भन्छन्, ''उपाध्यक्ष सकिलको जित पक्का छ''

महमूद आलम खान 1131+ समाचार ( )
डुडुवा गाउँपालिकाका एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार शकिल अहमद खानको लोकप्रियता डुडुवा गाउँपालिकामा चुलिएको छ
१७ वैशाख २०७९, शनिबार

बाँके । डुडुवा गाउँपालिकाका एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार शकिल अहमद खानको लोकप्रियता डुडुवा गाउँपालिकामा चुलिएको छ । पत्रकारिताबाट राजनीतिमा आएका खानलाई डुडुवामा नचिन्ने सायदै होलान ।

गरिव, दुखीको सेवामा अहोरात्र खटिने खानको नेपालगन्जका सरकारी तथा गैरसरकारी कार्यालयमा पहुँच छ । उनलाई पत्रकारिताको मोहले छाडेको छैन, तर उनले पत्रकारिताभन्दा समाजसेवा गर्ने उत्तम माध्यम राजनीतिलाई देखे । ‘पत्रकारितामा नाम राम्रै कमाएको थिएँ । दाम पनि ठिकठिकै हुन्थ्यो, तर पत्रकारिताले भन्दा समाज परिवर्तन गर्ने उत्तम माध्यम राजनीति लाग्यो र राजनीतिमा लागेँ,’ उनले भने ।

उनी गाउँका सर्वसाधारणलाई परेको समस्या समाधानका लागि रात दिन खटिन्छन् । न्याय दिलाउन र दोषीलाई कारवाही गराउन नेपालगन्जका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, अदालत लगायत विभिन्न अर्ध न्यायिक निकायमा पुगेर पैरवी गर्छन् । नेपालगन्जसँग जोडिएको गाउँपालिकाले भएकोले अधिकांश मुद्धा, मामिला मिलाउन नेपालगन्ज आउनुपर्ने भएकोले अधिकांशले उनीसँग सहयोग माग्छन् । ‘कहिले न्यायिक निकाय त कहिले प्रहरी, प्रशासन कार्यालयमा पुगेर समस्या समाधानका लागि पैरवी गर्नुपर्ने हुन्छ,’ उनले भने ।

मिजासिलो स्वभावका उनी पाएको जिम्मेवारी पनि सरल तरिकाले फत्ते गर्छन् । त्यसैले त उनीसँग सहयोगको अपेक्षा गर्ने धेरै छन् । उनले डुडुवाका मतदातालाई काम गर्न क्षमता, दक्षता र पहुँच भएका उपाध्यक्षका उम्मेदवार रोजेर मतदान गर्न सुझाव दिन्छन् । ‘मतदान गरेर चुनेको उम्मेदवार मुर्ती जस्तो होवस् भन्ने चाहनु हुन्छ भने मेरो केहि छैन,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार