मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

भुपेन्द्रको अध्यक्षतामा कोहलपुर १० मा माओवादी केन्द्रको समिति गठन

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार चएन भएका छन ।
४ मंगशिर २०७८, शनिबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगरपालिका वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार चएन भएका छन ।

शनिवार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती चएन गरेको छ ।

जसको उपाध्यक्षमा पद्मा पौडेल,सचिवमा तेज बहादुर बस्नेत,सह सचिवमा सन्दीप थारु र कोषाध्यक्षमा पबित्रा घर्ति मगरलाई चयन गरेको छ । 

वडा सम्मेलनले सदस्यहरुमा अक्कल बहादुर सिजापती, लक्ष्मी कुवर, करिस्मा चन्द, रेउली एडी, बिर बहादुर रोकाय, कालि बहादुर रोकाय, नुर दिप कठायत, रोशन रावत, सर्जन घर्ति मगर, गिता रोकाय, मिमा पार्की कुमाल, अर्जुन देवकोटा, प्रेम बहादुर खत्री, तेज बहादुर थापा , धर्म बहादुर शाही र श्री बहादुर बस्नेतलाई चयन गरेको छ । 

सम्मेलनले १५ जना नगर प्रतिनिधी, सल्लाकाहार समिती सदस्य, जेष्ट कम्युनिष्ट मंञ्चका लागि पनी वडा वाट जाने प्रनितिधी छनोट गरेको निवर्तमान अध्यक्ष देबी लाल बोहराले जानकारी दिए । 

सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तुलाराज बिष्ट (बिहानी)ले माओवादी पुर्न गठन अभियानमा रहेको भन्दै माओवादीलाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने बताए । राजनैतिक परिर्वतमा माओवादीले खेलेको भुमिका जस्तै अव बिकास र समृद्धिका लागि पनि माओवादीले नै पहल कदमी लिने दाबि गरे । 

माओवादी केन्द्रको शनिवार देश भर वडा सम्मेलनहरु भई रहेका छन । जस अन्र्तगत कोहलपुर नगरपालिकाका १५ वटै वडमा सम्मेलनहरु भई रहेका छन । सम्मेलन अघि कोहलपुर नगरपालिका वडा नं ११ मा झाकि र र्याली सहित नगर परिक्रमा गरेको माओवादी नेता बल बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार