मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

बाँके २ मा परिवर्तनको लहर : वंशको राजनीति कमजोर, जनताको भरोसा बिष्ट

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
पूर्व प्रधानमन्त्रीका भतिजो उम्मेदवारको प्रभाव कमजोर बन्दै जाँदा जनताको भरोसा भने दिपेन्द्र बिष्टतर्फ स्पष्ट रूपमा केन्द्रित हुँदै गएको देखिन्छ ।
११ माघ २०८२, शनिबार

नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनको दृश्य तीव्र रूपमा फेरिँदै गएको छ। पूर्व प्रधानमन्त्रीका भतिजो उम्मेदवारको प्रभाव कमजोर बन्दै जाँदा जनताको भरोसा भने दिपेन्द्र बिष्टतर्फ स्पष्ट रूपमा केन्द्रित हुँदै गएको देखिन्छ । गाउँ–गाउँ, टोल–टोलमा बिष्टको समर्थन बढ्दै जाँदा बाँके २ को चुनावी माहोल नै परिवर्तनको दिशातर्फ मोडिएको छ।

डुडुवा गाउँपालिकाको विकासमा विशेष भूमिका खेल्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिनु भएका बिष्टले शिक्षा, स्वास्थ्य, रोजगारी र जेन–जीका मुद्दालाई कागजमा होइन, व्यवहारमा कार्यान्वयन गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेपछि मतदाताहरू उत्साहित बनेका छन् । “अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिन्छ”, मतदाताहरूको यही भावना अहिले बिष्टको अभियानको मूल स्वर बनेको छ ।

स्थानीय बासिन्दा दिलिप खटिकका अनुसार बिष्ट केवल उम्मेदवार मात्र होइन, बाँके २ का लागि विकासको भरोसायोग्य विकल्पका रूपमा स्थापित हुँदै गएका छन् । डुडुवादेखि अन्य पालिकासम्म सडक, शिक्षा, स्वास्थ्य सेवा र रोजगारी सिर्जनामा ठोस पहल गर्ने प्रतिबद्धताले जनताको विश्वास जितेको उनको भनाइ छ ।

विशेषगरी जेन–जीका मुद्दालाई प्राथमिकतामा राख्दै डिजिटल सीप, उद्यमशीलता र रोजगारीसँग जोड्ने बिष्टको योजनाले युवा पुस्ता आशावादी बनेको छ । युवाहरू भन्छन्, “हाम्रो कुरा सुन्ने मात्रै होइन, कार्यान्वयन गर्ने नेता बिष्ट नै देखिन्छ ।”

डुडुवा गाउँपालिकाका स्थानीय राम नरेश चौधरीले भने, “गाउँको सडक–गल्ली र गाउँको नामसम्म नचिनेका केही पूर्व नेता र उनीहरूका परिवारका सदस्यहरू आज चिल्लो गाडी लिएर आफ्नो स्वार्थ पूरा गर्न गाउँ पस्न थालेका छन् । जनतालाई झुटो प्रलोभन देखाएर मत लिने यस्ता व्यक्तिमाथि अब विश्वास गर्न हुँदैन ।” उनले नवयुवक र जनताको हितमा काम गर्ने नेता दिपेन्द्र बिष्टलाई मतदान गर्न सबैसँग अपिल गरे । 

बाँके–२ ले अहिले स्पष्ट सन्देश दिइरहेको छ, राजनीतिमा अब नाम र वंश होइन, काम, दृष्टिकोण र जनतासँगको इमानदार सम्बन्ध निर्णायक बन्दै गएको छ ।

पूर्व प्रधानमन्त्रीको भतिजोको प्रभाव कमजोर बन्दै जाँदा आम मतदाताको साथ बिष्टलाई मिल्नु परिवर्तनको स्पष्ट संकेत हो ।

बाँके क्षेत्र नं. २ मा अहिले एउटा नयाँ धार स्थापित हुँदैछ,जहाँ शक्ति होइन, जनताको भरोसा बोलिरहेको छ; जहाँ पुराना अनुहार होइन, नयाँ आशा अगाडि बढिरहेको छ; र जहाँ दिपेन्द्र बिष्ट जितको बलियो आधार बनाउँदै दृढतापूर्वक अघि बढिरहनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार