काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ।
श्रममन्त्री दीपक साहलाई पदबाट बर्खास्त गर्ने निर्णयसँगै स्वास्थ्यमन्त्री मेहतालाई सोही प्रकरणमा रास्वपाले सचेत गराएको हो।
श्रममन्त्री साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा पुनर्नियुक्ति गर्दा मेहताले विभागीय मन्त्रीले ध्यान नपुर्याएको भन्दै रास्वपा सभापति रवि लामिछानेले उनलाई सचेत गराएका हुन्।
‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोल स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ प्रधानमन्त्री बालेन्द्र शाहलाई लेखिएको पत्रमा भनिएको छ।