बाँके । खजुरामा नेकपा माओबादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र खजुरा गाँउ किमिटीको आयोजनामा उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा माओबादी केन्द्र खजुरा गाँउ कमिटि अध्यक्ष रा कुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् बाँके इन्चार्ज पूर्णा सुबेदी प्रमुख अतिथी रहनु भएको कार्यक्रममा केन्द्रीय सदस्य अन्जना चौधरी, प्रदेश सचिव अक्कल बम, बाँकेका संयोजक आईपी खरेल र नेता डम्बर बिक तुफान लगायत रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुबेदीले आफनो कमीकमजोरीलाई सच्याएर अगाडि बढन कार्यकर्ताहरुलाई निर्देशन दिदै सुबेदी खजुरामा माओबादीको लाल किल्ला स्थापना गर्न तर्फ केन्द्रीत हुन कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलले खजुरामा माओवादी हारछ भन्नेहरुलाई संकेत गर्दै कोही उताउता जादैमा माओवादी हराउनुभन्दा झन शसक्त भएर अगाडि बढेको बताउनु भयो । उहाँ खजुरा गाँउपालिकालाई माओवादीमय बनाउन सबै एक जुट भएर लाग्नुपर्ने जिकिर गर्नु भएको थियो ।
कार्यक्रममा बाल्ने वक्ताहरुले विगतमा गरिएको गल्ती नदोहोरिने गरी अगाडि बढन जरुरी रहेको बताएका थिए । कार्यक्रममा ८ वटै कमिटि, वाईसीएल,जेष्ठ नागरिक मोर्चा, दलित मोर्चा लगायतको सहभागिता रहेको थियो ।