मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

जानकीमा नेपाल शिक्षक संघको ८औँ प्रतिनिधि सभा सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

बाँके । नेपाल शिक्षक संघ जानकी गाउँपालिका समितिको ८औँ प्रतिनिधि सभा सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षकहरू विद्यालय शिक्षाका मात्र नभई सामाजिक चेतनाका संवाहक भएको बताउनुभयो। उहाँले शिक्षकमाथि समाजलाई सही दिशा दिने जिम्मेवारी रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र सचेत समाज निर्माणमा शिक्षकहरूको भूमिका निर्णायक हुने धारणा राख्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति एवं बाँके क्षेत्र नं ३ का उम्मेदवार अमर पुनले परिवर्तित समाजका युवाहरूले सुशासनयुक्त शासन व्यवस्था चाहेको बताउनुभयो। निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस भित्र देखिएको परिवर्तनले नयाँ अनुहार र युवालाई स्थान दिएको उल्लेख गर्दै परिवर्तन चाहने जनताले कांग्रेसप्रति आकर्षण बढाएको दाबी गर्नुभयो । असल नेतृत्व चयन र सक्षम सरकार निर्माणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।

अर्का विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बादसा कुर्मीले शिक्षाको गुणस्तर अभिवृद्धि र सामाजिक रूपान्तरणका लागि शिक्षक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षक संघ जानकीका अध्यक्ष उमेश सोनखरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता लक्ष्मी नारायण शाह, दुखिराम लोनिया, तोजेन्द्र बिक, पवन यादव, लुम्बिनी प्रदेशका उपाध्यक्ष विरेन्द्र यादव, जानकी वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, संघ बाँकेका निर्वतमान अध्यक्ष ऋषि राज शर्मा र जगदिश प्रसाद हरिजन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन संघकी नेतृ तथा कन्या विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले गर्नुभएको थियो। भने कार्यक्रममा राकेश राढले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश तथा स्थानीय तहस्तरका शिक्षक नेताहरू, शिक्षक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार