मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

हडिया बाबा मन्दिरको मेला र रामलिलको तयारी पुरा

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

बाँके  । नेपालगन्जको फुलटेक्रास्थित हडिया बाबा मन्दिर परिसरमा लाग्ने मेला तथा रामलिलाको तयारी पुरा भएको छ । आयोजक हडिया बाबा मन्दिर ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष नन्दलाल बैश्यले तयारी पुरा भएको बताए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट गरेर ८ सय बढी साधु तथा सन्तहरु आउने जानकारी दिए । ‘गतवर्ष मात्रै साढे ७ सयजति साधु तथा सन्तहरु आएका थिए, हामी उनीहरुलाई फर्किदाँखेरी एक/एक वटा कम्बल र दक्षिणा दिन्छौं, सोही आधारको संख्या हो यो,’ उनले भने ‘यसवर्ष अझ बढी साढे ८ सय जति आउने अनुमान गरेका छौं ।’

हडिया बाबा मन्दिरको ऐतिहासिक महत्व रहेको अध्यक्ष बैश्यले सुनाए । मन्दिरमा आएर भाकल गर्ने ब्यक्तिको मनको चाहना पुरा हुने विश्वास रहेको अध्यक्ष बैश्यको भनाई छ । पत्रकार सम्मेलनमा मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

मेला बिहीबार(मंसिर १४ गते)देखी सुरु भएर ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मेला अवधिभर साधु, सन्त तथा भक्तजनहरुलाई भण्डारा खुवाउने र रामलिला धार्मिक नाटक मञ्चन समेत गरिने भरत महतोले बताए । आयोजकका अनुसार मंसिर १४ गते 'श्रीराम जनम', १५ गते 'मिरा लिला', १६ गते 'हरिश चन्द्र नाटक', मंसिर १७ गते 'वर्षाने की लठ मार होली' र मंसिर १८ गते 'धनुष यज्ञ' गरिनेछ ।

हरेक वर्ष कात्तिकी स्नान मेलाको तेस्रो दिनमा हडिया बाबा मन्दिर परिसरमा मेला लाग्ने प्रचलन रहेको आयोजकले जनाएको छ । ‘यही दिन हडिया बाबाको बार्षिक पुण्यतिथी पर्दछ, सोही दिनदेखी यहाँ मेला लाग्छ,’ बैश्यले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार