मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

आज काग तिहार मनाइँदै

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर विभिन्न धार्मिक विधिपूर्वक मनाइँदैछ ।

आजका दिन यमराजका दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा चढाएर पूजा–आराधना गर्ने चलन छ । कागले यमराजसमक्ष राम्रो सन्देश पुर्याओस् भन्ने विश्वासका साथ भक्तजनले बिहानै कागलाई दही, भात, रोटी लगायतका मीठा परिकार खुवाउने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार शास्त्रअनुसार त्रयोदशी तिथि सूर्योदयमा परेका कारण आज आइतबार काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो ।

यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुने परम्परा छ । त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । सो मन्दिरमा कागको ठूलो मूर्ति स्थापना गरिएको छ ।

यसैबीच, यमयातनाबाट मुक्ति पाउने धार्मिक विश्वाससहित शनिबार साँझदेखि नै यम दीपदान गर्ने क्रम सुरु भइसकेको छ । वैदिक सनातन परम्परा अनुसार दीप दक्षिणतर्फ फर्काएर बाल्ने चलन छ ।

तिथिको घटबढका कारण यस वर्ष कार्तिक कृष्ण त्रयोदशी साँझ परेकै दिनदेखि यमपञ्चक पर्व सुरु भएको हो । शनिबार नै लक्ष्मी स्थिर रहोस् भन्ने कामनासहित गरगहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मनाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार