मुख्य समाचार
जानकीमा १५ शैयाको अस्पताल भवन हस्तान्तरण | नरैनापुर गाउँपालिकाको २० औं अधिवेशनबाट आर्थिक तथा विनियोजन विधेयक पारित | बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बालअधिकारसम्बन्धी संयुक्त बैठक | ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना |

वडाको हरेक गल्ली टोलमा सुरक्षाको अनुभुत गराउने वडा प्रहरी निरिक्षक बिसीको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3426+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

बाँके  । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसी सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जमा आउनुभएको छ । सरुवा भएर आउनुभएका बिसी नेपालगन्जको वडा प्रहरी कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्नुभएको हो । बिसीले सोमवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने बताउनुभयो । नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु पछि नहट्ने प्रतिवद्धता जनाउनुभएको छ । वडाको हरेक गल्ली टोलमा सुरक्षाको अनुभुत गराउने खाले खटिने आफु कटिबद्ध रहेको बताउनुभयो ।  

नेपालगन्ज रहुन्जेल नेपालगन्जको भलो चिताउने कार्यमा मात्र सहकार्य गर्ने उहाँले बताउनुभयो । प्रहरी र पत्रकार नङ र मासु जस्तै भएको हुनाले एक आपसमा जहिले पनि सहकार्य गरेर अगाडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आफुलाई दिन मिल्ने र सहकार्य गर्ने ठाउँमा कुनै कन्जुस्याई नगर्ने उहाँले दावी गर्नुभयो । नेपालगन्ज सदभावको शहरलाई अझ प्रगाढ बनाउन मेरो योगदान अतुलनिय रहने प्रमुख विसीले बताउनुभयो । नेपालगन्ज वडामा आएको चौथो दिनमा उहाँले पत्रकार भेटघाट गरि नेपालगन्जको विषयमा छलफल गर्नुभएको छ । नेपालगनज वडावासीलाई शान्ति सुरक्षाको महशुस दिने मेरो कर्तव्य हो यसमा वडावासीको पनि साथ सहयोग चाहिन्छ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार