मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

गैसस दर्ता ऐनको मस्यौदा बारे बाँकेमा बिरोध

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

बाँके । संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति बाँके स्थित नागरिक समाजले असहमति प्रकट गरेको छ । 

नेपाल सरकार गृह मन्त्रालयद्वारा हालै जारी संघ संस्था ऐन, २०८२ को मस्यौदा बारे बाँके स्थित नागरिक समाजका प्रतिनिधिहरुले असहमति प्रकट गरेका हुन् ।

राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी सर्वसाधारणको राय सुझाव माग गर्दै जारी गरिएको मस्यौदामा समावेश केही प्राबधानहरु सकारात्मक रहे पनि अधिकाँश प्रावधानहरु अव्यबहारिक भएको नागरिक समाजका प्रतिनिधिहरुले बताएका हुन् ।

गैसस दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन, २०१८ र समाज कल्याण ऐन, २०४९ लाई एकिकृत गरि नयाँ ऐन ल्याउन नागरिक समाजका तर्फबाट लामो समय देखि पहल, पैरबि भईरहेकै सन्दर्भमा नागरिक समाज संघ संस्थालाई प्रवद्र्धनन र सहजीकरण गर्नका लागि एकिकृत ऐन आउनु सकारात्मक कुरा हो- संयुक्त रुपमा जारी बिज्ञप्तीमा भनिएको छ-तर नागरिक संघ संस्था तथा सरोकारवाला निकायसँग कुनै परामर्श नगरी, कुनै प्रक्रियामा समावेश नगराई ल्याइएको मस्यौदामा हामी असहमत छौं ।

बिज्ञप्तीमा भनिएको छ - विगतका सहमतिहरुलाई समेत बेवास्ता गरी, मस्यौदाका अधिकांश प्रावधानहरुले नागरिक संघ–संस्थाहरुलाई थप संकुचित पार्ने, संस्थाहरुलाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने र नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने उद्देश्यबाट अभिप्रेरित मस्यौदाले नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरुमा समेत प्रहार गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ- मस्यौदाले अनावश्यक प्रशासनिक झन्झट थप्दै विभिन्न सरकारी निकायहरुमा धाइराख्नुपर्ने प्रावधानहरु प्रस्ताव गरेको छ, जसले गर्दा मस्यौदा अग्रगामी भन्दा पनि बढी पश्चगामी र झन्झटिलो देखिन्छ । 

बिज्ञप्तीमा मस्यौदा लोकतान्त्रिक मुल्य–मान्यता, संवैधानिक अधिकार र नागरिक स्वतन्त्रतालाई संकुचन गर्ने खालको भएकाले गम्भीर असहमति रहेको उल्लेख छ ।

बिज्ञप्तीको अन्तमा भनिएको छ - प्रस्तावित मस्यौदालाई नागरिक समाज संस्था मैत्री बनाई सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफलको प्रक्रियाबाट मौलिक हक र अधिकारको सम्मान गर्दै संघ संस्थाहरुका लागि कार्यमूलक वातावरण सृजना गर्नका लागि नेपाल सरकार गृह मन्त्रालयसँग हामी जोडदार माग गर्दछौं । 

बाँके स्थित नागरिक समाजको तर्फबाट बिज्ञप्ती जारी गर्नेहरुमा गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उधोग बाणिज्य संघका सदस्य कमल कार्की, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार बर्मा, गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, अधिबक्ता वसन्त गौतम, जिल्ला युवा क्लव सन्जाल बाँकेका महासचिव हेमराज भट्ट रहेका छन् ।

यसैगरी बिज्ञपति जारी गर्नेहरुमा युवा घरका अध्यक्ष मन भण्डारी, नुड्सका अध्यक्ष लोक बहादुर परियार, एड्भोकेसी फोरमका बसन्त गौतम, गेरुवाका हरि सुवेदी, ज्ञान नेपालका तिलक नेपाली, मङ्गल प्रसाद महिला कलेजका प्रमुख रबिन्द्र कर्ण, ईन्सेकका टेकनाथ आचार्य, नाईस नेपालगन्जका जोशिना थारु, बास नेपालकि महासचिव कल्पना अधिकारी, दिदी बहिनी समाज बाँकेकी शोभा थापा मगर लगायत रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार