बाँके । बाँकेको सदरमुकाम नेपालगंजको स्थिति सामान्य हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो १ बजे देखि लगाएको अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ ।
हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिनभर अशान्त रहेको नेपालगञ्ज आज शान्त बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले रातीको घटना क्रमको अहिले समीक्षा भइरहेको र आज थप कर्फ्युबारे निर्णय गरिने बताए । उनले भने, ुआज दिउसो सम्म निश्चित रूपमा कर्फ्यु जारी रहन्छ । त्यसपछि अवस्था हेरेर निर्णय गर्छौँ ।
मंगलबार दुई पक्षबीच झडप हुँदा ३ सुरक्षाकर्मी र १० सर्वसाधारण घाइते भएका थिए । उनीहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।