मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

डुडुवा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो ।
६ माघ २०७९, शुक्रबार

डुडुवा । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो ।

गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता बितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभएको थियो ।

गाउँपालिकामा सामाजिक भत्ता पाउने जेष्ठ नागरिकलाई बैंकसम्म सहजरुपमा पुर्याएर भत्ता ग्रहण गराएर पुनः घरमै छोड्ने सुबिधा समेत प्रदान गरिएको छ । भत्ता पाउने व्यक्तिहरुलाई नेपालगञ्जको तीन वटा बैंक एन आई एम बि बैंक, ज्योति बिकास बैंक र कुमारी बैंकमार्फत भत्ता बितरण भइरहेको छ ।

गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख कौशल कैरातीका अनुसार गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता, एकल महिला, विधुवा गरि ४ हजार ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना ३ हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार, पुर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना ३ हजार, अपाङ्गता भएका व्यक्ती (ख) वर्गलाई प्रति महिना १ हजार ६ सय, जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रति महिना ४ सयका दरले रकम वितरण गरिने अपरेटर कौशलले बताउनुभयो ।

यसैगरि अपाङ्गता भएका व्यक्ती (ग) वर्गलाई प्रति महिना ५ सय र (घ) वर्गलाई ४ सय प्रति महिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिएको पञ्जिकाधिकारी शिव कुमार मौर्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार