मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

मुगुमा घुम्ती सेवा सम्पन्न गरेर बिभागको टोली काठमाडौं फिर्ता

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्ज विमानस्थलमा बिदाई गर्नु हुदै प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश सचिव खान
१२ मंगशिर २०७८, आइतबार

बाँके । कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत् २६ जना पत्रकारलाई प्रेस पास वितरण गरेर सुचना तथा प्रशारण विभागको टोली आज काठमाडौं फर्किएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिविर सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिएको थियो ।

दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धि र लेखन वृद्धि समाचार सम्पादन संकलन अन्तर्वार्ता लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक डा. विजय प्रसाद मिश्रले बताउनुभयो । 

मुगुमा शिबिर सम्पन्न गरेर नेपालगञ्ज हुदै काठमाडौं फर्किन लागेका विभागका निर्देशक सुदिप भट्टराई, अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, बिभागका खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई आइतबार नेपालगञ्ज विमानस्थलमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव एवं युथ टुडे न्युज डट कमका सम्पादक आलम र अम्बेकेश्वरी अनलाईनका संचालक गोपाल ओलीले बिदाई गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार