मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

सन्दर्भ : बुबाको मुख हेर्ने दिन
माफ गर्नुहोस् बुबा हजुरको मुख हेर्ने दिनमा एउटा राम्रो फोटो पनि पाउन सकिन

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

के.पी घिमिरे 

बुबा अहिले हजुर यदि यो संसारमा हुनु हुदो हो त हामी कति खुसी बाड्थ्यौं हौंला, मैले हजुरको कति सेवा गर्थे होला, सामाजिक सञ्जालका भित्तामा कति तस्बिरहरू पोष्ट गर्थे होला तर बुबा मैले सम्पूर्ण एल्बम पल्टाएर हेरे, यताउता चारैतिर खोजे हजुरको तस्बिर भेटाउन सकिन मलाई माफ गरिदिनु ल ।

अहिलेको जस्तो सबैको हात हातमा मोबाइल हुदो हो त थुप्रै तस्बिरहरू मोबाइलको ग्यालेरीमा सजाएर राख्थे बुबा, आजभन्दा २६ वर्ष पहिले जब हजुरले यो संसार छोडेर जानुभयो त्यतिबेला यसरी हातहातमा मोबाइल थिएनन् म एउटा अबोध बालक थिए त्यही पनि साहुको ऋणको भारले विदेशी भूमिमा थिए । अहिले हजुरले गाली गरेको झलझली याद आउछ बाबु मलाई तेरो चिन्ता बढी लाग्छ अरु दाइहरुले त हलो जोतेर भएपनि ज्यान पाल्छन तैले पढ्नु पर्छ ठूलो मान्छे बन्नुपर्छ, सरकारी जागिर खानुपर्छ भनेर भन्नुभएको शब्दहरु अहिले जस्तै लाग्छ बुबा ।

बुबा आज हजुरको मुख हेर्ने दिन हो कैयौं बुबाहरु त यस धर्तीमा हुनुहुन्न तर जसका बुबाहरु हुनुहुन्छ उहाँहरुलाई म जस्ता कैयौं छोराछोरीले मीठा मीठा परिकार, राम्रा राम्रा लुगा किनि दिएको, केक काटेर रमाइलो गरि मुख हेरेको हेर्दा मन भक्कानिन्छ अहिले म पनि त्यही बुबा भएको छु मलाई पनि छोराछोरीले त्यही गतिविधि गर्दा हजुरलाई नसम्झी रहन सकिन अनि दुईचार शब्द लेखेर त्यो झझल्को मेटाउने कोशिश गर्दै छु बुबा मलाई माफ गरिदिनु ल ।

यो जुनिमा त हजुरको सेवा गर्न सकिन बुबा अर्को जुनिमा यदि मनुष्य भएर जन्मलिन पुगेछु भने हजुरकै छोरा भएर सेवा गर्ने मौका पाउ भनि प्राथना गरिरहेको छु । बुबा जब हजुरको वार्षिक तिथि आउछ, श्राद्द आउछ मन भारी हुन्छ के गरेर बुबा हजुर खुसी हुनहुन्छ भनेर त्यो विधि पनि गर्ने गरेको छु तर विडम्बना बुबा हजुरको एउटा राम्रो फोटो पनि मसित छैन मलाई माफ गरिदिनु बुबा । 

बुबा मलाई सानै उमेरमा हजुरले छाडेर जानू भयो, हजुरलाई के थाहा मैले कत्ति दु:ख पाए, कति सङ्घर्ष गरे, कति अवहेलना सहनु पर्यो तर पनि हजुरले देखाएको बाटोमा छु, कसैसँग झुक्दैन, इमानदारीपूर्वक काम गर्छु, कसैको चोरेको छैन म जहा र जस्तो छु यो सब हजुरको देन हो बुबा । 

अन्त्यमा बुबा आज हजुरको मुख हेर्ने दिन भौतिक शरीर नभए पनि, एउटा फोटो नभए पनि हजुर मेरो मन मुटुमा हुनुहुन्छ, बुबा मैले यो लेखिरहदा आँखा रसाएका छन् , घाटीमा केही चिज अड्किए जस्तो भएको छ, बोली आएको छैन जस्तोसुकै कठिन परिस्थिति भएपनि लडिरहेको छु बुबा हजुरलाई मुख हेर्ने दिनको धेरै धेरै शुभकामना सहित हार्दिक श्रद्धा सुमन टक्रयाउन चाहान्छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार