मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

स्थापना दिवस मनाउने बिषयमा सुनवल नगरपालिकाको बिबाद

महमूद आलम खान 1132+ समाचार ( )
सुनवल नगरपालिकाका निमित्त नगर प्रमुख दधिराम अर्यालले नेकपा एमालेको बहुमतको आडमा नगर कार्यपालिकाका सदस्यहरु सङ्ग छलफलनै नगरी एकलौटी ढंगले मनोमानी गरेको भन्दै संयुक्त गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२६ फाल्गुन २०७८, बिहीबार

सुनवल । सुनवल नगरपालिकाको ५ औं नगर स्थापना दिवस मनाउने बिषयमा राजनीतिक दलहरुबिच विवाद देखिएको छ।

सुनवल नगरपालिकाका निमित्त नगर प्रमुख दधिराम अर्यालले नेकपा एमालेको बहुमतको आडमा नगर कार्यपालिकाका सदस्यहरु सङ्ग छलफलनै नगरी एकलौटी ढंगले मनोमानी गरेको भन्दै संयुक्त गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले मनाउन लागेको बिशुद्द स्थापना दिवसलाई आफ्नो पार्टीको कार्यक्रम जस्तो गरि बहुमतको दम्भमा मनोमानी गरि यस क्षेत्रका सांसदलाई वेवस्ता गरि एमालेका सचीवलाई प्रमुख अतिथि बनाएको भन्दै सत्तारुढ दलले विरोध जनाएका हुन।

स्थानीय सरकार संचालन सम्बन्धि सुनवल नगरपालिकाको आचारसंहिताको समेत प्रतिकुल हुनेगरी भैरहेको कार्य अबिलम्ब सच्याउन र शुक्रबार २७ गते हुने नगर स्थापना दिवस पुर्ण रुपले बहिस्कार गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

एमालेको गैर सांसदलाई प्रमुख अतिथी बनाई गरिएको कार्यक्रम नेकपा एमालेको मात्रै भएको भन्दै सुनवल नगरवासीलाई कार्यक्रम बहिष्कार गर्न समेत आग्रह गरिएको छ।

बिज्ञप्तिमा नेपाली काङ्ग्रेसका नगर सभापति ,नेकपा माओवादी केन्द्रका प्रतिनिधि र एकीकृत समाजवादीको अध्यक्षले हस्ताक्षर गरेका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार