मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

छाडा रुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई कान्जी हाउस लगियो

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकिकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको हो । त्यसक्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए ।

छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुग्नुभएको थियो । कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिनुभएको छ । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिनुभयो । उहाँले पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले बताउनुभयो । त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उहाँको भनाई छ । छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ । नगर प्रमुख विष्टसंगै प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जीहाउस पुग्नुभएको थियो ।

पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ । उनीहरुलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार