बर्दिया । जनमत पार्टीका उपाध्यक्ष समेत रहनु भएका खानेपानी मन्त्री अब्दुल खान गृह जिल्ला बर्दिया पुगेर जिल्ला कारागार गुलरियाको अनुगमन गर्नुभएकाे छ । अनुगमनको क्रममा मन्त्री खानले कारागारलाई सुधारगृह बनाउने बताउनुभयो ।
अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिनु भएकाे थियाे। साथै उहाँले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुन्नु भएकाे थियाे ।
अनुगमन पश्चात पत्रकारहरु संग कुरा गर्दै खानेपानी मन्त्री खानले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढि सकेको बताउनु भयाे ।
विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न विशेष याेजना बनाएर मन्त्रालय अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
खानेपानी विनाकाे जिवनकाे कल्पना समेत गर्न नसकिने बताउँदै मन्त्री खानले अब सरकारले पनि बाेतल र जारबाट खानेपानी उत्पादन गर्ने याेजना बनाइ कार्यन्वयन गर्ने बताउनु जिकिर गर्नु भयो ।
अनुगमन टाेलीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेला, प्रहरी प्रमुख लगायतकाे सहभागिता रहेकाे थियाे ।