मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

‘युवाको भावना अवमूल्यन भयो’ - अन्तरिम सरकारको निर्णयमाथि भीम रावलको प्रश्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

बाँके । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जेन–जी आन्दोलनको मूल आत्मालाई विपरीत जाने गरी ७३ वर्षीया सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको भन्दै कडा आपत्ति जनाउनुभएको छ। नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले युवाको नेतृत्व माग्दै भएको आन्दोलनको सार नै उपेक्षित भएको टिप्पणी गर्नुभयो।

रावलले भन्नुभयो, “१३ देखि २८ वर्षका युवाले भूमिका खेल्नुपर्छ भनेर नारा लगाइयो, तर त्यसको बिलकुलै विपरीत परिणाम आयो। लामो समय राज्यका उच्च तहमा बसेर सुविधा भोग्दै, निवृत्तिभरण लिँदै, सन्तानलाई विदेश पठाएर घरमै आराम गरिरहनुभएका व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भनेको युवा आन्दोलनको भावना नमेटाइचाहिँ के हो ?”

प्रधानमन्त्री कार्कीको पृष्ठभूमि र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै रावलले यो निर्णयले युवाले व्यक्त गरेको अपेक्षा र विश्वासमाथि प्रहार गरेको दाबी गर्नुभयो।

अर्थमन्त्रीको प्रसंग जोड्दै उहाँले पूर्व अर्थसचिवसमेत रहेका अर्थमन्त्रीले हाल गरिरहेका कार्यहरूले नेपालको स्वाधीनता र राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने आशंका व्यक्त गर्नुभयो। “सरकार राष्ट्रिय हितविपरीतका सम्झौतामा हतार–हतार देखिन्छ, तर आन्तरिक सुरक्षा र सुशासनका संवेदनशील विषयमा अत्यन्तै उदासीन छ,” रावलको आरोप थियो।

त्यसैगरी उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा गएर ‘९ महिना बेडमै आराम गरेको’ टिप्पणीको प्रसंग स्मरण गर्दै, अरूलाई ‘बृद्धाश्रम–युवा आश्रम’ जस्ता टिप्पणी गर्नुको कुनै तुक नभएको प्रतिक्रिया दिनुभयो।

पत्रकार सम्मेलनमा रावलले सरकारले युवाको भावना आत्मसात् गर्न नसकेको र निर्णयहरू राष्ट्रहितमा केन्द्रित हुन नसकिरहेको भनाई राख्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार