मुख्य समाचार
राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग |

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट १ हजार ९ सय ३४ मुद्दा फछ्र्यौट

यूथ टुडे समाचारदाता 3418+ समाचार ( )
बाँकेको ८२ र बर्दिया जिल्ला अदालतको ९५ प्रतिशत मुद्दा फर्च्यौट
२ श्रावण २०८१, बुधवार

बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास मातहत बाँके जिल्ला अदालत र बर्दिया जिल्ला अदालतको मङ्गलवार वार्षिक समीक्षा गरिएको छ । 

अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको हो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले उक्त अवधिभित्र दुई हजार सात सय ९ लगत मध्ये एक हजार ९ सय ३४ वटा मुद्दा फछ्र्याैट गरि वार्षिक निर्धारण गरिएको  लक्ष्य हासिल  गरेको छ । 

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधी वाग्लेले प्रस्तुत गर्नु भएको विवरण अनुसार जिम्मेवारी तर्फ एक हजार ५४ र नयाँ दर्ता तर्फ  आठ सय ८० गरेर एक हजार ९ सय ३४ मुद्दा फछ्र्याैट गरेको छ भने सात सय ७५ बाँकी रहेको छ । 

उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको देखिन्छ । यस्तै बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत फछ्र्याैट गरेको तथ्य पनि सार्वजनिक गरिएको छ । 

बाँके जिल्ला अदालतका न्यायधिश भीष्मराज प्रसाईँले प्रस्तुत गर्नु भएको तथ्य अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएको लगत सात हजार छ सय ४७ मध्य चार हजार दुई सय १५ मुद्दा फछ्र्याैट गरिएको छ । यस्तै तीन हजार चार सय ३२ अझै बाँकी रहेका छन् । 

बर्दिया जिल्ला अदालतका न्यायधिश कमल प्रसाद ज्ञवालीद्वारा प्रस्तुत  विवरण अनुसार दुई हजार एक सय १३ मध्य एक हजार तीन सय १० फछ्र्याैट गरिएको छ । अझैँ बाँकी मुद्दा आठ सय ३ रहेको छ ।  

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले तिन वटै अदालतले वार्षिक लक्ष्य अनुसार सन्तोषजनक मुद्दा फछ्र्याैट गरेको बताउनु भयो । 

जनशक्ति, बजेट, प्रविधिको अभावका बाबजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको दावी गर्दै उहाँले सामूहिक हातेमालोको नतिजा भएको बताउनु भयो । 

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायधिश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायधिश टंक प्रसाद गुरुङको अध्यक्षतामा भएको समीक्षात्मक कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका सह न्यायधिवक्ता उमाकान्त पौडेल, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, नेपाल पत्रकार महासङ्घ लुम्बिनी उपाध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले अदालतको न्याय प्रक्रिया र फैसला कार्यान्वयन बारे सुझाव दिनु भएको थियो ।  

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका शाखा अधिकृत वीर बहादुर विकद्वारा सञ्चालित कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी न्यायधिश पुनमसिंह चन्दले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार