मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राप्रपा महाधिवेशन : बन्दसत्रमा बिभिन्न प्रतिवेदन माथि छलफल सुरु

महमूद आलम खान 1133+ समाचार ( )
महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ।
१६ मंगशिर २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल सुरु भएको छ।

छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन्। यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए।  

महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ। सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ।

नेता सुन्दर पाण्डेकाअनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ। यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार