रिया बस्नेत क्षेत्री
बुटवल । महिला पत्रकारकाे बिषयमा जुन खालकाे साेचाई समाजमा छ त्याे परिवर्तन हुन र सबै समाजमा रहेका व्यक्तिहरमा सभ्यताकाे बिकास हुन आवाश्यक रहेकाे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बताए ।
सञ्चरिका समूह नेपाल लुम्बिनी प्रदेशद्धारा आयाेजित आम सञ्चार र पत्रकार महिलाकाे क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख शेरचनले राज्यकाे शिक्षा प्रणालिमा सुधार गर्ने र पत्रकारहरु द्धारा पनि विभिन्न महिला शसक्तिकरणकाे बिषयमा सचेतनाका कार्यक्रमहरु गर्नुपर्ने बताए ।
देशकाे शिक्षा नितिमा पनि महिला समानताकाे बिषय साेमेटिनु पर्ने र महिलाकाे हकमा अहिले पनि ६० प्रतिशत अधिकारमा मात्रै सुनिश्चित भएकाे पाईन्छ तर बाकि ४० प्रतिशत पनि कभर गर्नु पर्ने बताए । महिला सुरक्षा र असुरक्षाकाे पीडाकाे बिषयमा बिध्यार्थीले अध्ययापन गरिने पुस्तक सेलेवसहरुमा पनि यी बिषयहरु सेमेटिनु पर्ने बताए ।
विभिन्न ठाउँहरुमा नाबालिका माथि भएकाे आक्रमण हेर्दा सामाजिक व्यक्तित्वहरुमा चेतना र सभ्यताकाे बिकास नभएकाे हाे कि जस्ताे देखिन्छ यी दर्दनाक घटना हरु हेर्दा सुन्दा आफू पुरुष हुनुमा धिक्कार लाग्छ । सबै भन्दा ठुलाे ज्ञान शिक्षा हाे याे शिक्षा प्रणालि राज्यले बदल्नु पर्छ। निरन्तर अध्ययापन गर्ने बिषयमा व्यबसिायिक र शारिरिक शिक्षा प्रणालि हुनु पर्छ यसाे गर्दा तत्काल महिला माथी घटेका स्थायी समस्याहरुकाे समाधानकाे हुने बताए ।
सत्य तथ्य र यथार्थ कुरालाई अडान लिनु पत्रकारकाे धर्म हाे । यसलाई आत्मसाथ गर्दै महिला हुनुमा आफुले आफुलाई गर्व गर्दै समाजमा घटेका विभिन्न सामाजिक घटनाहरुलाई बाहिर ल्याउन प्राेत्साहन गर्दै अधिकार भनेकाे आफैले कव्जा गर्नु पर्ने बताए । राज्यकाे कानुनि नीतिमा ३३ प्रतिशत महिला सहभागी गराउने भनिए पनि अहिले पनि विभिन्न क्षेत्रमा काेटा पुर्याउनकाे लागि मात्र उपस्थित गराईएकाे हुन्छ । यसमा आफ्नाे बिचार ब्यक्त गर्दै शेरचनले ५० प्रतिशत महिलाकाे हक सुनिश्चित हुनुपर्ने बिषयलाई आफुले मस्यौदा तयार पारेर सदनमा पेस गर्दा राज्यकाे लाभका पदमा अन्तराष्ट्रिय खेलकाे कारण त्याे संबिधान परिवर्तन गरी त्याे मस्यौदा हटाईएकाे बताए ।