मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

शितलहर र बाढी पूर्व कार्य सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्धारामा सुरु

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
सामुदायिमा आधारीत शितलहर र बाढी पूर्व सूचना प्रणालीको महत्व तथा व्यवस्थपन विषयक दुई दिने कार्यशाला शुक्रबार देखि बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।
१६ मंगशिर २०७९, शुक्रबार

बर्दिया । सामुदायिमा आधारीत शितलहर र बाढी पूर्व सूचना प्रणालीको महत्व तथा व्यवस्थपन विषयक दुई दिने कार्यशाला शुक्रबार देखि बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले आयोजना गरेको कार्यशालामा नरैनापुर गाँउपालिका र राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्षहरु र विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम संयोजक तारा भुषालले जानकारी दिनु भयो ।

कार्यशालाको उदघटन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले,शितलहर र बाढी सूचना प्रणालीलाई थप सुरक्षित तथा व्यवस्थित बनाउनका लागि नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन कोष परिचालन गरी नागरिकलाई सुरक्षित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको थियो । उहाँले एसडिएफ संग समन्व गरी प्रकोपबाट निम्तिने विपद्को कारण पत्ता लगाउने, समुदायमा बेलैमा विपद् जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गराउने,साथै क्षति न्यूनीकरणका लागि आवश्यक संरचनाहरु तयार गरी समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने क्रियाकलाप गर्ने बताउनु भएको थियो ।

यसैगरी राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले, शितलहर र बाढी पूर्व सूचना प्रणाली यति धेरै महत्व पूर्ण भएपनि हामी जनप्रतिनिधिहरु विकासका कार्यक्रममा बढी वेस्त भए पनि यसलाई व्यवस्थित बनाउन जरुरी रहेको जिकिर गर्नु भएको थियो ।  

यस्तै राप्ती सोनारी कि उपाध्यक्ष मनिषा सिंह थारुले बाढी सूचना प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय सरकारको सहयोगमा केयर टेकर सहितको व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भएको थियो । उहाँले विपतको सवालमा गाँउपालिका एकदम सम्बेधनशील रहेको बताउदै विपदका लागि विशेष सहयोग गर्न राप्ती सोनारी तयार रहेको प्रतिवद्धता गर्नु भएको थियो ।

बाढी सूचना प्रणाली हेर्ने सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौले शितलहर र बाढी प्रणालीलाई सुरक्षिता तथा प्रभावकारी बनाउन योजना तयार गरी स्थानीय तहको सहयोगमा काम गर्ने बताउनु भएको थियो । रणनितिक योजना तयार गरी कार्यशाला बर्दियाको ठाकुरद्धारामा शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार