मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

कतार च्यारिटिद्धारा खजुरामा समरसेवल ट्युबवेल जडान

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो ।
२ भाद्र २०७९, बिहीबार

नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । 

क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो । 

व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो । 

उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो । 

यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका लागि च्यारिटिले सहयोग प्रदान गर्दै आएको सदुपयोग गर्न आग्रह गर्नु भएको छ । 

खजुरा गाउँपालिका–३ र खजुरा गाउँपालिका–५ मा अनौपचारिक कार्यक्रमका विच कृषक समुहलाई समरसेवल ट्युबवेल हस्तान्तरण गरियो । 

खजुरा गाउँपािलकाका अध्यक्ष डम्बर विक तुफानले खजुरा ५ मा ट्युववेलको उदघाटन गर्दै ताजा तरकारी कृषक समुहका अध्यक्ष कौशिला चन्द मल्ललाई हस्तान्तरण गर्नु भयो भने खजुरा ३ मा बागेश्वरी बहुउदेश्यीय सहकारीका अध्यक्ष कमला न्यौपाने र बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानले संयुक्त रुपमा ट्युववेलको उदघाटन गर्दै प्रह्लाद तरकारी समुहका अध्यक्ष करम चन्दलाई हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा गाउँपालिकाका अध्यक्ष तुफानले कृषक समुहका लागि गरिएको यो सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट किसानलाई १२ महिनानै व्यवसायीक खेती गर्न सहज हुने बताउनुभयो । 

उक्त अवसरमा क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सल्लाहकार तथा पत्रकार सिराज खान र कार्यक्रम अधिकृत अनुप वर्माको पनि उपस्थिति रहेकोथियो । 

समरसेवल ट्युबवेल सहयोग पाएका किसान समूहले विभिन्न प्रकारका तरकारी खेती गरेर आफ्नो जीविकोपार्जन गर्नुका साथै आफ्ना बालबालिकालाई शिक्षा, खाद्य पोषण र उचित स्वास्थ्य सेवामा विशेष ध्यान दिनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार