मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नौ जिल्लाका सिडिओ सरुवा, दार्चुलाको सिडिओमा उपाध्याय

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ
२१ पौष २०७८, बुधवार

काठमाडौं । गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

गृहमन्त्रालयका अनुसार अनुसार बागलुङ, झापा, सुर्खेत, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

जसअनुसार बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ । बागलुङ जिल्लामा अहिले सिडिओको रुपमा शिव कुमार कार्की हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ ।

यसैगरी बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार