बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अचानक अस्वस्थ हुनु भएको छ । छातीमा इन्फेक्सन हुनुका साथै श्वास प्रश्वासमा समेत समस्या देखिएको अध्यक्ष शाहको परिवारले जानकारी दिएको छ ।
स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा थप उपचारको लागि भारतको लखनाउ लगिएको छ । मंगलबारबाट उपचार सुरु गरिएको छ । गाँउपालिका अध्यक्ष शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारले जानकारी दिएको छ । गाँउपालिका अध्यक्ष शाह अस्वस्थ भई लखनाउमा उपचार गराईरहेको खवर पाएपछि उहाँका आफन्त इष्टमित्र तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत स्वास्थ्य लाभको कामना गरेका छन् ।