मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको ध्येय : मन्त्री खनाल

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२५ पौष २०८०, बुधवार

बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताउनु भयो । 

नरैनापुरमा निर्माणधिन अस्पतालको निरिक्षण गर्न पुग्नु भएका मन्त्री खनालले भन्नुभयो ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, । उहाँले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उहाँले निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उहाँले नरैनापुरका निर्माणधिन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने जिकिर गर्नु भएको थियो । 

सहरी विकास मन्त्री कृष्ण केसीले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताउनु भयो । 

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागि परेको बताउदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकोले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको जिकिर गर्नु भयो । उहाँले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाई दिन मन्त्री द्वय संग आग्रह गर्नु भएको थियो ।

नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कमार शाहले नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र १२१५ जना गर्भवति रहेको तथ्याकं प्रस्तुत गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरु,वडा नं. १ अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ३ का अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण मौर्य र ६ का अध्यक्ष प्रेम मौर्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । मन्त्री खनाललाई वडा नं. ५ का अध्यक्ष मौर्यले माग पत्र हस्तन्त्रण गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार