मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

आज स्थानीय निर्वाचन, नजिकको नेतृत्व चुन्ने दिन

महमूद आलम खान 1132+ समाचार ( )
१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदानमा भाग लिने
२९ वैशाख २०७९, बिहीबार

यकाठमाडौं । आज २०७९ वैशाख ३० गते शुक्रबार । अर्थात, आम नेपाली जनताले आफ्नो नजिकको सरकारको नेतृत्व चुन्ने दिन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आज दोस्रोपटक देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ । यसअघि, पाँच वर्ष अगाडि नेपालमा पहिलोपटक स्थानीय सरकारको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

यसपटक १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जना प्रतिनिधि चयन गर्नेछन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्

यसमध्ये मनोनयनकै क्रममा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध भइसकेका छन् । ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन्

यसपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न १० हजार ७५६ मतदानस्थल अन्र्तगत २१ हजार ९५५ मतदान केन्द्र बनाइएको

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन ।

निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार