मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँके–२ मा राजनीतिक समीकरण फेरियो : राई एमालेको सूर्य चिह्न लिएर उम्मेदवार

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
६ माघ २०८२, सोमबार

बाँके । बाँके निर्वाचन क्षेत्र नं. २ मा राजनीतिक समीकरण फेरिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता मोहम्मद इस्तियाक राई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर उम्मेदवार बन्ने भएका छन्।

सोमबार राति पूर्वमन्त्री तथा जसपा नेता प्रदीप यादवसहितका नेताहरूसँग इस्तियाक राई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए। उक्त भेटमा बाँके–२ बाट एमालेको चुनाव चिह्न लिएर उम्मेदवारी दिने विषयमा सहमति भएको बताइएको छ।

यसअघि गत शनिबार बसेको नेकपा एमाले सचिवालय बैठकले बाँके–२ क्षेत्र खाली राख्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अहिले नयाँ राजनीतिक सहकार्यको ढोका खुलेको विश्लेषण गरिएको छ।

इस्तियाक राईले आफूले एमालेको चुनाव चिह्न लिएर निर्वाचन लड्ने विषयमा सल्लाह भएको पुष्टि गर्दै भने,

“अहिले एमालेको चुनाव चिह्न लिएर लड्ने सल्लाह भएको छ। एमालेको औपचारिक जिम्मेवारी लिएको छैन। चुनावपछि के हुन्छ भन्न सकिँदैन।”

राजनीतिक रूपमा अनुभवी मानिने इस्तियाक राई बाँके–२ बाट २०६४ र २०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचन तथा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका थिए। हालसम्म तीन पटक मन्त्री बनेका राईको उम्मेदवारीले बाँके–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार