उर्मिला गौतम
रुकुम । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीले रुकुम (पूर्व) मा पत्रकारिताको विकासलाई जोड दिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रुकुम (पूर्व) ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्रि केसीले संघियताले जन्माएको यस जिल्लामा पत्रकारिताको क्षेत्र विकासलाई प्रमुख रुपमा जोड दिएको बताउनु भयो ।
पत्रकारिताको विकास सँगसँगै पत्रकारिताको क्षेत्रबाट यस जिल्लाका हिमाल, तालतलैया, यार्सालगाएतका जडिबुटीहरुको प्रचाप्रसार गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । संघियता पछि बनेको जिल्ला रुकुम (पूर्व) लाई कान्छो भनेपनि आन्दोलन र इतीहासको कुराले रुकुम (पूर्व) जेठो जिल्ला भएको पनि मुख्यमन्त्रि केसीले बताउनुभयो । कृषि, पर्यटन, जडिबुटीलगाएतको प्रचुर सम्भावन बोकेका यस जिल्लालाई यहाँका स्थानीय सरकारले विशेष योजना बनाएर काम र्गाुपर्ने पनि उहाँको भनाई थियो । यसका प्रदेश सरकारले भरपुर रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
लुम्बिनीलाई सिस्ने र पुथासँग जोड्न सकेमा सबै कार्यक्रमहरु रुकुम (पूर्व) केन्द्रित बनाउने अवसर प्रदेश सरकारलाई छ, उहाँले भन्नुभयो । रुकुम (पूर्व) मा आन्दोलनमा अभ्यस्त नागरिकहरु भएकाले यहाँको नागरिकहरु राजनितीक हिसाबले संगठित रहेको पनि उहाँको भनाई छ । यहाँको राजनितीक, सांंगठनीक, भौगोलिक, सांस्कृतीक सबै क्षेत्रको चिरफार पत्रकारिताको क्षेत्रबाट गरेर यहाँका नागरिकको जिवनशैली बदल्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री केसीले प्रदेशका १२ वटै जिल्लाका मिडियालाई प्राथमिकतामा राखेको बताउदै रुकुम (पूर्व) पछि स्थापना भएको जिल्ला भएकाले यस ठाउँको पत्रकारिता विकासलाई अझ बढी जोड दिएको मुख्यमन्त्रि केसीले बताउनुभएको छ । यस्तै जिल्लामा अहिलेसम्म पत्रकार महासंघको शाखा नभएको अवस्थामा छिटै महासंघ गठनको पहल गर्न र महासंघ गठन भएमा भवन निर्माणको लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।।