मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेमा वडा अध्यक्ष सहित चार जना पक्राउ

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

बाँके । बाँकेमा दुई जना युवामाथी धारिलो हतियार प्रहार भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । 

धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) तुलबहादुर कार्कीले घटनामा दुबै जना गम्भिर घाइते भएको र उनीहरुको भारतको लखनउमा उपचार भइरहेको जानकारी दिए । घाइतेमध्ये बिष्टको दुबै हातको कुममा र मल्लको बायाँ कोखामा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आवद्ध रहेको बताइएको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेका अनुसार करिव १०/१५ जनाको संख्यामा आक्रमण गर्न आएका थिए । घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

उक्त घटनाको नेपाल तरुण दल बाँकेले भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ती जारी गर्दै घटनापछि जिल्लाको शान्ति सुरक्षामा खलल भएको र प्रहरीको सक्रियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन् । घटनामा संलग्नलाई चाडो भन्दा चाडो कारबाही गर्नुपर्ने, अन्यथा आन्दोलनमा जान बाध्य हुने तरुण दल बाँकेले विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार