काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागु हुने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी ‘निर्वाचन आचारसंहिता–२०७९’ लागू गर्ने भएको हो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।