मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बर्दियामा मानवबेचविखन नियन्त्रणमा स्थानीय समिति सक्रिय

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

नेपालगन्ज । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।

बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । 

उहाँले मानवबेचविखन नियन्त्रण स्थानीय समितिलाई सक्षम र सुदृढ बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण राजापुरस्थित महिला तथा बालबालिका सेवा इकाईकी प्रमुख अनिता चौधरीले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिशा थारुले सहयोग गर्नुभएको थियो ।

बैठकमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिकोे कार्यक्षमता सुदृढ बनाउने, विगतका गतिविधिको समीक्षा गर्ने, डब्लुएलसीसीएचटीको पुनर्गठन गर्ने, उद्धार तथा प्रभावित व्यक्तिहरूको तथ्याङ्क संकलन गर्ने तथा प्रस्तावित नीतिलाई अनुमोदन गर्ने विषयमा छलफल तथा महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार