बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरीक्षक ईश्वरदेव गिरीकी श्रीमती कल्पना गिरीले प्रहरी लोग्नेको आडमा प्रहरी जवानमाथि अत्याचार गरेको खुलेको छ । भन्सार नतिरेरै रुपैडिहाबाट घरायसी सामान ल्याएकी कल्पनालाई जमुनाहमा पुलिसले चेकजाँच गरेको थियो ।
सोही क्रममा उनले आफु इन्स्पेक्टर गिरीको श्रीमति भएको र प्रहरीले आफुलाई चेकजानँ गर्न नमिल्ने बताउँदै दादागिरी मच्चाएको खुलेको छ । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत प्रहरी जवानले उनी सवार स्कुटर चेकजाँच गर्दै स्कुटरको डिक्की खोल्न अनुरोध गरेका थिए ।
आफू प्रहरी जवानसमेत रहेकी उनले श्रीमानको धाक लगाउँदै आफ्नो पदीय जिम्मेवारी गोप्य राखिन् र भनिन्, ‘मलाई चेक गर्ने । म प्रहरी निरीक्षकको श्रीमती हुँ ।’ उनी जिल्ला प्रहरी कार्यालय बाँके मातहतको बागेश्वरी मन्दिरस्थित प्रहरी पोष्टमा कार्यरत छिन् ।
पुलिस भएरै पुलिसमाथि दादागिरी मच्चाउने माथि खोई कारवाही ? उल्टै डियूटटीमा बसेको जवानमाथि कारवाही गर्नु इन्सेक्टर एसपीको मिलिभगत रहेको खुलेको छ । तर, पुलिस बृतमा यतिबेला इन्स्पेक्टर गिरीमाथि छानबिनको माग गरिएको छ ।
उनी प्रहरी जवान हुन् । आफू प्रहरी जवान हुँदा पनि उनले जवान साथीलाई प्रहरी निरीक्षकको धाक देखाइन् । त्यसपछि जवानले उनलाई छाडिदिए । आफ्नो कुशल कर्म गरिरहेका जवानले प्रहरी निरीक्षककी श्रीमतीलाई चेकजाँच गरेकै कारण सरुवा हुनुपरेको देखिएको छ ।
माघ १९ गते सीमावर्ती भारतीय बजार रुपैडिहाबाट घरायासी सामान लिएर प्रहरी निरीक्षककी श्रीमती कल्पना नेपालगन्जतर्फ आउँदै थिइन् । सोही क्रममा नेपालगन्ज भन्सार कार्यालय अगाडि ड्युटीमा खटिएका प्रहरी जवान कमल केसीले उनलाई रोकेका थिए ।
घरायासी सामान ल्याएर आउँदै गरेकी कल्पनालाई रोकेर उनले सामान चेकजाँच गर्नुका साथै स्कुटरको डिक्की खोल्न आग्रह गरेका थिए । सोहीका क्रममा उनले आफू जिल्ला प्रहरी कार्यालय बाँकेका प्रशासन प्रमुख प्रहरी निरीक्षक ईश्वरदेव गिरीकी श्रीमती रहेको बताइन् ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले नियमित सरुवा गरिएको बताएका छन । उनी पदीय दुरूपयोगमा सक्रिय इन्स्पेक्टर गिरीको बचाउमा लागि परेको खुलेको छ । कसैलाई चेकजाँच गरेको भन्दै प्रहरी जवानको सरुवा गर्ने कुरा आउँदैन, उनले भने, ‘नियमित सरुवाअनुसार नै सरुवा गरिएको हो । त्यसमा त्यस्तो केही छैन ।’ यो उनको इन्स्पेक्टर बचाउका लागि आएको प्रतिक्रिया भएको प्रहरीवृतमै चर्चा छ ।
मैले अन्य मानिसहरुलाई जस्तै उहाँलाई पनि चेकजाँच गरेको हो, प्रहरी जवान केसीले भने, ‘उहाँले पछि मात्रै आफू प्रहरी निरीक्षक सरको श्रीमती भएको बताउनुभयो ।’ ड्युटीका क्रममा प्रहरी निरीक्षकको श्रीमतीसँग त्यस्तो अन्य केही कुरा नभएको उनी बताउँछन् ।
माघ १९ गते प्रहरी जवान केसीलाई प्रहरी निरीक्षककै जोडबलमा सीमा प्रहरी चौकी सुइया नरैनापुर पठायएको खुलेको छ । प्रहरी जवान केसीलाई प्रहरी निरीक्षक गिरीकी श्रीमतीको स्कुटर चेकजाँच गरेको भन्दै भन्सार गएको एक महिना नहुँदै सरुवा गरिएको बाँके प्रहरी स्रोतले बताएको छ ।
प्रहरी निरीक्षकको श्रीमतीलाई स्कुटरको डिक्की खोल्न लगायो भनेर रीस उठ्यो होला, ती प्रहरीले भने, ‘उहाँले साँझ घरमा आएर नभएका कुरा लगाइदिनुभयो । विचरा सिपाहीका कुरा हाकिमसाबहरुले सुन्ने कुरा भएन । २४ घण्टा नहुँदै सरुवा भयो ।’
प्रहरी निरीक्षक गिरीकी श्रीमती कल्पनाले चेकजाँचका क्रममा समेत श्रीमानको धाक लगाएर ठूलै कुरा गरेकी थिइन् । कल्पनाले आफूलाई चेकजाँच गरेको रीसमा जिल्लाको सरुवामा भूमिका खेल्ने प्रशासन शाखाका प्रमुख रहेका श्रीमानलाई हुँदै नभएका कुरा लगाइन् ।
प्रहरी निरीक्षक ईश्वर गिरीले भने उल्टै चेकजाँच गर्ने प्रहरी जवानलाई गम्भीर आरोप लगाए । ‘छिमेकीसहित घरयासी सामान लिन श्रीमती रुपैडिहा गएकी रहेछिन्,’ उनले भने, ‘चेकजाँचको क्रममा श्रीमतीले सामान ओसार्ने श्रीमानले फोन गर्ने क्या मजा छ है भनेछन् । घर आएर श्रीमतीले भनेपछि मैले कार्यालय बोलाएर सोेधेको हुँ ।’
प्रहरी जवान केसीलाई कारबाही गर्नुपर्नेमा सरुवामात्र गरिएको प्रहरी निरीक्षक गिरीले दाबी गरेका छन । त्यो हुँदै नभएको आरोप लगाउनेलाई कारबाही गर्नुपर्ने थियो, उनले भने, ‘तर कारबाही नगरेर सरुवा मात्र गरिएको छ ।’ साभारः