मुख्य समाचार
नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले |

दुर्लभ रोगसँग लड्दै तीन वर्षीय फैजान : जीवन बचाउन मानवीय सहयोगको अपिल

यूथ टुडे समाचारदाता 3401+ समाचार ( )
३० कार्तिक २०८२, शनिबार

पाल्पा । रामपुर नगरपालिका–४ का तीन वर्षीय फैजान खान अहिले जीवन–मृत्युसँग लड्दै छन्। दुर्लभ गौचर रोग (Gaucher Disease) बाट पीडित उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS), नयाँ दिल्लीमा भइरहेको छ। चिकित्सकहरूले उनलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने निष्कर्ष सुनाइसकेका छन् । यो अत्यन्त चुनौतीपूर्ण, जोखिमपूर्ण र अत्यधिक खर्चिलो उपचार प्रक्रिया हो ।

नेपालमा यस्तो उपचार सम्भव नभएका कारण परिवारले भारत धाउनुपर्ने बाध्यता बन्यो। पाँच पटकसम्म दिल्लीमा परीक्षण गराइसकेपछि चिकित्सकहरूले प्रत्यारोपणका लागि आवश्यक तयारी गर्न सुझाएका छन्। सुखद पक्ष के छ भने—फैजानकी ११ वर्षीया दिदीको रगत प्रत्यारोपणका लागि उपयुक्त भेटिएको छ, जसले उपचार सफल हुने आशा जगाएको छ।

तर दर्दनाक सत्य के छ भने—यो आशामाथि आर्थिक अभावले गम्भीर छायाँ परिरहेको छ।

फैजानका पिता असरफ मियाँ कतारमा मजदुरी गरेर गुजारा चलाउँदै आएका छन्। बिहान–साँझ परिवारलाई पाल्नै कठिन हुने आम्दानीमा भारतमा लाग्ने भारी उपचार खर्च धान्नु असम्भव जस्तै भएको छ।

“हामीले सकेसम्म प्रयास गरिरहेका छौँ, तर आवश्यक ठूलो रकम जुटाउन नसक्ने अवस्था आएको छ,” फैजानकी आमा आसिया खातुनको आँसुले भरिएको आवाजमा तीव्र पीडा र असहायता झल्किन्छ।

फैजान जीवनको अत्यन्त नाजुक मोडमा रहेकोले हाम्रो एक–एक रूपैयाँको सहयोगले उनी फेरि हाँस्न, खेल्न र बाँच्न पाउनेछन्।

एक बालकको जीवन बचाउन सकिने यस घडीमा, तपाईंको सानो योगदान पनि परिवारका लागि ठूलो आशा बन्न सक्छ।

सहयोगका लागि सम्पर्क

असिया खातुन

फोन: ९७०२७३९६९८ / +९१ ८४४८४६७५९३

प्रतिक्रिया

A@K@FANI ३० कार्तिक २०८२, शनिबार

Sabai Le Sakeko Sahyog Garnu Hola... Thopa Thopa Jama Vaerai Samundra Banni Ho... Doctors Haru Le Sake Samma Ramro Upchar Garni Xan.. Insha Allah Bhagwan Le Shifa Dinexan...

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार