मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |
मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |


निर्वाचित भए नेपालगंज १९ मा सुरक्षित आवास बनाउने योगीको प्रतिबद्धता

महमूद आलम खान 1133+ समाचार ( )
इन्चार्जको जिम्मेवारी पाएकि माओबादी नेतृ मिना मल्लले चुनावका बेला अधुरा सपना देखाउनेहरुको पाँच बर्षमा चरित्र चित्रण भई सकेकोले जनताको भावना बुझन सक्ने योगी नेतृत्वको टीम मात्र देखा परेकोले एक पटक जिताएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरीन । माओबादीको जित भए पाँच वर्ष भित्रै सुरक्षित आवास र शौचालय बनाएर देखाउने नेतृ मिनाको दाबी थियो ।
२३ वैशाख २०७९, शुक्रबार

बाँके । माओबादी केन्द्रको तर्फबाट बाँकेको नेपालगंज उपमहानगरपालिका– १९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै महौतबस्ती पुग्ने उम्मेदवालाई स्थानीय मतदाताकहरुले सुक्षित आवाशको ग्यारेन्टी गर्न भने पछि केही छिन अलमल्ल पर्ने गरेका छन् । ४० घरपरिवारको बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ ।

सुनिल कुशबधियाले भने, ५ वर्ष पहिला पनि यसै गरी मत माग्न आउनेहरु हात जोडदै कतिपयले खुट्टा समातेर चुनाव जिताई दिन आग्रह गर्दै चुनाव जिते समस्या समाधान गर्ने बताए पनि चुनाव जिति सके पछि फर्केर आएन्न । भोटका लागि खुट्टा समातेर असल संस्कारी बनेकाहरु चुनाव जिति सकेपछि हामीले नमस्कार गर्दा समेत फर्काएन्न । अब त नेताहरुलाई देखेर घृणा लाग्ने गरेको सुनाए । 

उनले थप्दै भने अब नयाँ अनुहार भए जनताको सेवा गर्न सक्ने व्यक्तिलाई चुनावमा मतदान गरी विजय गराउने आफनो समूदायले निर्णय गरेको बताए । महौतहरुको समस्या समाधानका लागि प्रतिबद्धता पत्रमा उल्लेख गरेका व्यक्तिलाई आफूहरुले मतदान गर्ने जिकिर गरे । 

राजनितिक दलहरुले निर्वाचन प्रचारप्रसार तिब्र रुपमा गरी रहेका बेला शुक्रबार माओबादी केन्द्रका तर्फबाट नेपालगंज १९ मा उम्मेदवारी दिएका शम्भु नाथ योगी नेतृत्वको टोली महौत बस्तीमा पुगे पछि कुशबधीयाहरुले आवाश र शौचालय बनाउन माग गरेका थिए । अध्यक्ष पदका उम्मेदवार योगीले आफूले कुशबधिया समूदायले उठाएको मुद्दा र सुकुम्बासी समस्या समाधान गर्ने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको बताउदै निर्वाचित भए पहिलो निर्णय नै सुरक्षित आवाश र शौचालय निमार्णका लागि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

योगीको कुराले कुशबधिया समूदाय प्रभावित भएर एकछापे मतदान गर्ने बताएका थिए । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी जानकी कुशबधियाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताइन् ।

‘‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं”, उनले भन्नि, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” स्थानीयवासी ६० वर्षीय बृद्ध सुरेशले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताए । “वर्षौंदेखि हामीले भोट हालेर वडा अध्यक्ष बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन”, उहाँले भन्नुभयो, ‘‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।”

पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उहाँले भन्नुभयो, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ ।” करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालीको चुनावमा सुरक्षित आवास र शौचालयको ग्यारेन्टी गर्ने माओबादीलाई मतदान गर्ने निर्णय गरेको बताए । 

माओबादी उम्मेवारहरुलाई विजय गराउन वडाको इन्चार्जको जिम्मेवारी पाएकि माओबादी नेतृ मिना मल्लले चुनावका बेला अधुरा सपना देखाउनेहरुको पाँच बर्षमा चरित्र चित्रण भई सकेकोले जनताको भावना बुझन सक्ने योगी नेतृत्वको टीम मात्र देखा परेकोले एक पटक जिताएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरीन । माओबादीको जित भए पाँच वर्ष भित्रै सुरक्षित आवास र शौचालय बनाएर देखाउने नेतृ मिनाको दाबी थियो ।

वडा अध्यक्षका उम्मेदवार योगी संगै वडा सदस्यहरु ललउ महाउत, गोमती प्रसाद बर्मा, शान्ता परियार मन्जु ज्ञवाली सहित माओबादी नेता र स्थानीयहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार