बाँके । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो ।
वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले वडा नम्बर ५ का छात्रालाई साइकल हस्तान्तरण गर्दै उच्च शिक्षासम्म पुग्ने शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी रहेका गाउँपालिका प्रमुख छब्बन खाँले सम्बोधन गर्दै विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताउनु भयो ।